आरोहण : करवीर थापादेखि सुन्दरे शेर्पासँग
हिमालयन इन्स्टिच्यूट अफ टुरिज्म एजुकेशन एन्ड डेभलपमेन्ट (हाइटेड)का संस्थापक अध्यक्ष अनिश दाहालले नेपालमा आरोहीहरूले पर्याप्त सम्मान नपाएको बताएका छन्।
‘द लिगेसी अफ नेपाली माउन्टेनीयरिङः ओरिजिन एन्ड इभोल्युशन’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै उनले भने, “कालगतिले मरेका हाम्रा आरोहीहरू हामीले बिर्संदा दोस्रो पटक मर्न बाध्य छन्।”
लेखक तथा पत्रकार कनकमणि दीक्षितले नेपालमा हिमाल, पहाड र थुम्का जस्ता जुहारत भए पनि हामीले तिनको महत्त्व बुझ्न नसकेको बताए। कार्यपत्रमाथि टिप्पणी गर्दै उनले नेपालले थुम्का पर्यटनमा जोड दिनुपर्ने बताए। दीक्षितले भने, “हाम्रो जुहारतबारे न पर्याप्त रूपमा बुझ्न सकेका छौं न त तिनीहरूबाट फाइदा लिन सकेका छौं।” सगरमाथा आरोही पहिलो सर्भेयर खिमलाल गौतमले कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताको परिचय दिएका थिए।
भिडिओ : सुमन नेपाली
सम्पादन : राज यादव