एकीकृत समाजवादीमा कार्यविभाजन, कसलाई के जिम्मेवारी? (सूची)
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो। मंसीर २६ देखि पुस २ गतेसम्म चलेको स्थायी कमिटी बैठकले गरेका निर्णयबारे अध्यक्ष माधवकुमार नेपालले आन्तरिक परिपत्र जारी गरेका छन्।
अध्यक्ष नेपालले मातहतका कमिटीलाई जारी गरेको परिपत्रमा नेताहरूको कार्यविभाजनबारे उल्लेख छ। एकीकृत समाजवादीले २० सदस्यीय केन्द्रीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ।
त्यस्तै, सबै प्रदेशमा इन्चार्ज र सहइन्चार्ज तोकिएका छन्। सम्बन्धित प्रदेशका पोलिटब्यूरो सदस्यलाई नै प्रदेशको जिम्मेवारी दिइएको छ। जिल्ला, निर्वाचन क्षेत्रमा पनि इन्चार्ज र सहइन्चार्ज तोकिएका छन्।
एकीकृत समाजवादीका नेताको कार्यविभाजन :