सिफारिश समिति नब्युँताउन द्वन्द्वपीडितको माग
द्वन्द्वपीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति गर्न गठित सिफारिश समितिलाई ब्युँताउन नहुने माग राखेका छन्।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिश समितिको म्याद पुस १ गते समाप्त भएको थियो। बाधा अड्काउ मार्फत समिति ब्युँताउने चर्चा चलिरहेका वेला बिहीबार द्वन्द्वपीडितहरूले विज्ञप्ति मार्फत नयाँ समिति गठनमा जोड दिएका हुन्।
‘निहित स्वार्थबाट प्रेरित भएर बाधा अड्काउ मार्फत पदाधिकारी सिफारिश गर्न नसकेको समितिलाई नै ब्युँताउनुपर्ने कुरा पनि सुनिएको छ,’ पीडितहरूले विज्ञप्तिमा भनेका छन्, ‘हामीले सकेनौं भन्ने समितिलाई ब्युँताउनु कदापि न्यायसंगत हुँदैन।’
समितिले दुवै आयोगका अध्यक्ष र सदस्यका १५६ दाबेदारमध्ये ४० जनाको सूची सार्वजनिक गरेको थियो। निर्धारित मितिमा नाम सिफारिश गर्न नसकेपछि सिफारिश समितिले विज्ञप्ति मार्फत नयाँ प्रक्रिया शुरू गर्न आग्रह गरेको थियो।
पीडित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै तत्काल विश्वसनीय र स्वायत्त नयाँ सिफारिश समिति गठन गर्नुपर्नेमा उनीहरूको जोड छ। योग्यता, क्षमता, शान्ति निर्माण एवं मानव अधिकार क्षेत्रमा पुर्याएको योगदान, अनुभव, विज्ञता, विवेक, दृढता, इमानदारी लगायत मापदण्डका कसीमा अनुभवी, समाजले पत्याएका एवं ख्यातिप्राप्त व्यक्तिहरूलाई छनोट गरी सिफारिश गर्ने वातावरण सुनिश्चित गर्न समेत पीडितहरूले माग गरेका छन्।
विज्ञप्ति जारी गर्नेहरू:
१. द्वन्द्वपीडित साझा चौतारी, महासचिव, उदय शाह
२. द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, अध्यक्ष, सृजना श्रेष्ठ
३. अपांगता भएका द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल, अध्यक्ष, सुरेन्द्र खत्री
४. द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल, अध्यक्ष, गोपालबहादुर शाह
५. राष्ट्रिय स्मृति सञ्जाल, अध्यक्ष, निरञ्जनकुमार चौधरी
६. माओवादीपीडित राष्ट्रिय संघर्ष समिति, नेपाल, अध्यक्ष, कल्याण बुढाथोकी
७. बेपत्ता परिवार समाज नेपाल, अध्यक्ष, रूपेश शाह
८. द्वन्द्व प्रभावित सरोकार केन्द्र, दाङ, अध्यक्ष, चन्द्रबहादुर चौधरी
९. न्यायका लागि द्वन्द्वपीडित समाज, अध्यक्ष, बब्लु लामा
१०. नेपाल माओवादीपीडित संघ, अध्यक्ष, धर्मराज न्यौपाने
११. द्वन्द्व व्यवस्थापन तथा विस्थापित सरोकार केन्द्र, महासचिव, मोहन परियार
१२. द्वन्द्वपीडित अपांग संघ, दोलखा, अध्यक्ष, कृष्णबहादुर घिसिङ
१३. बाँदरमुढे घटनापीडित सरोकार समिति, उपाध्यक्ष, कृष्ण अधिकारी
१४. द्वन्द्वपीडित स्वरोजगार तथा सीपमूलक तालीम केन्द्र, मोरङ, अध्यक्ष, भीमबहादुर राउत
१५. बेपत्ता परिवार समाज नेपाल, सुनसरी, सचिव, इन्द्रकला राई शाह
१६. झापाली बेपत्ता स्मृति स्तम्भ पार्क, अध्यक्ष, डिल्लीप्रसाद रिजाल
१७. द्वन्द्वपीडित टुहुरा समाज, संस्थापक अध्यक्ष, केपी अधिकारी
१८. द्वन्द्वपीडित अधिकार मञ्च, म्याग्दी, अध्यक्ष, भीमबहादुर रिजाल
१९. द्वन्द्वपीडित कृषक हकहित संरक्षण समाज, कैलाली, अध्यक्ष, गणेशबहादुर मल्ल
२०. द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, म्याग्दी, अध्यक्ष, देवीकुमारी केसी
२१. द्वन्द्वपीडित तथा एकता विकास केन्द्र, धनगढी, अध्यक्ष, सीता बोहरा
२२. द्वन्द्वपीडित शिक्षक समाज, अध्यक्ष, हिरा तिवारी
२३. द्वन्द्वपीडित राष्ट्रिय समाज, सचिव, ज्ञानेन्द्र आरण
२४. द्वन्दपीडित समाज कोशी प्रदेश, अध्यक्ष, रूपेश शाह
२५. द्वन्द्वपीडित साझा चौतारी, संस्थापक अध्यक्ष, सुमन अधिकारी
२६. द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, उपाध्यक्ष, गीता रसाइली
२७. द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, महासचिव, सुशीला चौधरी
२८. द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, सचिव, सावित्री खड्का