लक्ष्मी सनराइज ब्यांकको ‘नेटिभ पकेट’ मा वृक्षरोपण
लक्ष्मी सनराइज ब्यांकको ‘नेटिभ पकेट वन’ क्षेत्रमा वृक्षरोपण गरिएको छ।
जेन गुडाल इन्स्टिच्यूट नेपाल, टीका विद्याश्रम मावि र रेभोल्युशन प्रोजेक्टको सहकार्यमा टीका विद्याश्रम माविको हाताभित्र २५० वटा रूख रोपिएका हुन्।
विश्वप्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविद् डा. जेन गुडालको उपस्थितिमा वृक्षरोपण गरिएको थियो। डा. जुडालले वातावरणीय शिक्षा र दिगो विकासका लागि गरिएको पहलको प्रशंसा गरिन्।
विद्यालय हाताभित्र ‘मियावाकी प्रविधि’ बाट बिरुवा रोपिएको हो। यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्न सघाउँछ।
लक्ष्मी सनराइज ब्यांकको आर्थिक सहयोगमा वृक्षरोपण गरिएको रेभोल्युशन प्रोजेक्टले जनाएको छ। गत महीना आयोजना गरेको नवौं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको एक हजार बिरुवा रोप्ने प्रतिबद्धता अन्तर्गत वृक्षरोपणका लागि सहयोग गरिएको ब्यांकले जनाएको छ।