अलफ्ट होटललाई पर्यावरणीय व्यवस्थापनमा उत्कृष्टताको प्रमाणपत्र
काठमाडौंको ठमेलस्थित अलफ्ट होटलले पर्यावरणीय व्यवस्थापनमा उत्कृष्टताको प्रमाणपत्र पाएको छ।
अन्तर्राष्ट्रिय ब्रान्डेड होटलका रूपमा स्थापित अलफ्टले पर्यावरणीय व्यवस्थापनमा आईएसओ नम्बर पाएको हो। अलफ्टलाई आईएसओ १४००१ः२०१५ नम्बर प्राप्त भएको होटलले जनाएको छ।
अलफ्टले यसलाई कोशेढुंगाका रूपमा लिएको महाप्रबन्धक विक्रम सिंहले बताए। “हामी यो प्रमाणीकरण प्राप्त गर्न पाउँदा रोमाञ्चित छौं, यसले वातावरणीय व्यवस्थापनमा हाम्रो टोलीले एकीकृत रूपमा गरेका अभ्यासलाई प्रतिबिम्बित गरेको छ,” सिंह भन्छन्।
यसले वातावरण संरक्षणमा थप प्रयास गर्न प्रेरित गरेको उनको भनाइ छ। अलफ्टले पर्यावरणमैत्री पहल गरिरहेको छ। जसमा वातावरणमैत्री प्रविधि, फोहोर व्यवस्थापन रणनीति लगायत छन्।