उपनिर्वाचनमा सोचे जस्तो परिणाम आएन : सन्तोष परियार
‘शहरमा स्वाभाविक रूपमा हाम्रा कुरा प्रभावकारी तरीकाले जान्छन्। त्यसरी नै गाउँमा पुगेन। संगठन निर्माण अलि ढिला शुरू गर्यौं। जसले उपनिर्वाचनमा सोचे जस्तो परिणाम आएन।’
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने झन्डै दुई महीनादेखि प्रहरी हिरासतमा छन्। लामिछाने हिरासतमै रहेको वेला स्थानीय तहका ४४ वटा स्थानमा उपनिर्वाचन भयो, जसमा रास्वपाको पक्षमा राम्रो परिणाम आएन। त्यस्तै, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रममा पनि रास्वपाको स्वर सुनिएको छैन। सभापति लामिछाने पक्राउ परेपछिको अवधिमा रास्वपा कसरी चलिरहेको छ? भावी रणनीति के छ? समसामयिक राजनीतिक घटनाक्रमलाई रास्वपा नेताहरूले कसरी नियालिरहेका छन्? यिनै विषयमा केन्द्रित भएर रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग हिमालखबरले गरेको कुराकानी :
अतिथि : सन्तोष परियार
अन्तर्वार्ता : धनु विश्वकर्मा
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृतमा पढ्न : ‘अब चुस्त-दुरुस्त संगठन निर्माणमा जोड दिन्छौं’