काठमाडौंको रनरेट सुधार नहुँदा चितवन ‘प्लेअफ’ मा
काठमाडौं गुर्खाजले जित हासिल गरे पनि रनरेटमा सुधार नहुँदा चितवन राइनोज ‘प्लेअफ’ मा प्रवेश गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को ‘प्लेअफ’ मा पुग्ने चितवन दोस्रो टोली भएको छ। अंकतालिकाको शीर्षस्थानमा रहेको जनकपुर बोल्ट्स यसअघि नै ‘प्लेअफ’ मा पुगिसकेको छ।
लिग चरणका सातै खेल खेलिसक्दा जनकपुरको १० अंक छ। त्यस्तै, दुई खेल बाँकी रहेको सुदूरपश्चिम रोयल्स आठ अंक सहित दोस्रो स्थानमा छ।
सबै खेल खेलिसकेको चितवन पनि आठ अंक सहित रनरेटका आधारमा तेस्रो स्थानमा छ। एक खेल बाँकी रहेको कर्णाली याक्स आठ अंक सहित रनरेटका आधारमा चौथो स्थानमा छ।
आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजित गरेर काठमाडौंले आठ अंक जोडेको छ। तर रनरेटका आधारमा पाँचौं स्थानमा छ।
अहिले सुदूरपश्चिमको २.४७०, चितवनको ०.६३४, कर्णालीको ०.०९५ रनरेट छ। काठमाडौंको रनरेट भने ऋणात्मक छ। अबका खेलले सुदूरपश्चिम र कर्णालीको मात्रै रनरेटमा फरक पर्नेछ। रनरेटमा अगाडि रहेको चितवन ‘प्लेअफ’ मा पुगेको हो।
अब बाँकी खेलमा सुदूरपश्चिम र कर्णाली नराम्रोसँग पराजित भए मात्रै काठमाडौं ‘प्लेअफ’ मा पुग्नेछ।