मुग्लिन-पोखरा सडक पाँच दिन बन्द रहने
मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२, कोत्रे खण्डमा पाँच दिन सडक बन्द गरिने भएको छ।
जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति गरिंदै छ। त्यसका लागि आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। यो अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
लामो समयदेखि मुग्लिन-पोखरा सडकको स्तरोन्नति भइरहेको छ। काममा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरिरहेको छ।