अमेरिकाले नेपालमा खोजिरहेको ‘उडनतस्तरी दुर्घटना’ को कथा
लोककथामा वायुयान, वायुपंखी घोडाको चर्चा हुन्छ। गाउँघरमा अर्को संसारका मान्छेका आउने गरेको कथा हालिन्छ। पछिल्लो समय त्यससँग मिल्दोजुल्दो यूएफओ (अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट) अर्थात् उडनतस्तरीको चर्चा हुँदै आएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले त उडनतस्तरीबारे दुई वर्षअघि अध्ययन नै शुरू गरेको छ। नासाले यूएफओलाई यूएपी अर्थात् अनआइडेन्टिफाइड एनोमालियस फेनोमेना भनेको छ। नेपालमा भने ५७ वर्षअघि नै उडनतस्तरी दुर्घटना भएको भन्दै अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएले खोजतलास गरेको थियो। आज त्यही दुर्घटनाको कथा सुनाउँदै छौं।
रिपोर्ट/भिडिओ : दुर्गा राना मगर
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/143411