पत्रकार महासंघमा तीन केन्द्रीय सदस्य निर्विरोध
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा देविका घर्ती मगर, सावित्री रसाइली र रीता बुढाथोकी निर्विरोध चयन भएका छन्।
घर्ती मगर आदिवासी जनजाति महिला, रसाइली दलित सदस्य महिला र बुढाथोकी दलिततर्फको सदस्यमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ। बाँकी पदमा मंसीर २८ मा मतदान हुँदै छ।
संघको अध्यक्षमा निर्मला शर्मा, देवीप्रसाद सापकोटा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। त्यस्तै, महासचिवमा जन्मदैव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ।
वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा महिलातर्फ गंगा पौडेल (बराल) र नितु पण्डित उम्मेदवार बनेका छन्। उपाध्यक्षमा समावेशीतर्फ उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।
सचिवमा खुलातर्फ उत्तमसिंह विष्ट, कुमार ओझा, केदारनाथ भट्टराई, छविलाल दाहाल, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडा उम्मेदवार बनेका छन्।
सचिवमा महिलातर्फ कल्पना शर्मा, सरिता बराइली र सोनी शर्मा, आदिवासी जनजातितर्फ टीकाराम प्रधान, भिसन राई र सबिन प्रियासन, मधेशीतर्फ अशोककुमार तिवारी, प्रवीणकुमार चौधरी र श्रीजन झा, दलिततर्फ प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, वसन्त विक र सन्तोषकुमार बराइली तथा एसोसिएटतर्फ योगेश खपांगी, रामकृष्ण ज्ञवाली र वैकुण्ठराज पराजुलीले उम्मेदवारी दिएका छन्।
कोषाध्यक्षमा रामकृष्ण अधिकारी, रामकृष्ण ज्ञवाली र शन्तराम बिंडारीले उम्मेदवारी दिएका छन्। अध्यक्षदेखि कोषाध्यक्षसम्म एक-एक पद रहेका छन्।