पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, कुन पदमा को? (सूची)
नेपाल पत्रकार महासंघको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्।
महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। जस अनुसार अध्यक्षमा कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा महिलातर्फ गंगा पौडेल (बराल) र नितु पण्डित उम्मेदवार बनेका छन्। उपाध्यक्षमा समावेशीतर्फ उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।
महासंघको महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्। सचिवमा खुलातर्फ उत्तमसिंह विष्ट, कुमार ओझा, केदारनाथ भट्टराई, छविलाल दाहाल, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडा उम्मेदवार बनेका छन्।
सचिवमा महिलातर्फ कल्पना शर्मा, सरिता बराइली र सोनी शर्मा, आदिवासी जनजातितर्फ टीकाराम प्रधान, भिसन राई र सबिन प्रियासन, मधेशीतर्फ अशोककुमार तिवारी, प्रवीणकुमार चौधरी र श्रीजन झा, दलिततर्फ प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, वसन्त विक र सन्तोषकुमार बराइली तथा एसोसिएटतर्फ योगेश खपांगी, रामकृष्ण ज्ञवाली र वैकुण्ठराज पराजुलीले उम्मेदवारी दिएका छन्।
कोषाध्यक्षमा रामकृष्ण अधिकारी, रामकृष्ण ज्ञवाली र शन्तराम बिंडारीले उम्मेदवारी दिएका छन्। अध्यक्षदेखि कोषाध्यक्षसम्म एक-एक पद रहेका छन्। महासंघको नेतृत्व चयनका लागि मंसीर २८ गते मतदान हुनेछ।
उम्मेदवारको सूची: