हुन्डाई मोटरद्वारा तीन वटा इन्स्टिच्यूटसँग साझेदारीको घोषणा
हुन्डाई मोटर समूहले भारतका तीन वटा प्रख्यात सूचना प्रविधिसँग सम्बन्धित इन्स्टिच्यूटसँग साझेदारीको घोषणा गरेको छ।
ब्याट्री र विद्युतीकरणको क्षेत्रमा सहयोगात्मक अनुसन्धान प्रणाली स्थापनाका लागि साझेदारीको घोषणा गरिएको हो। यसमा हुन्डाईले आईआईटी दिल्ली, आईआईटी बम्बई र आईआईटी मद्राससँग सहकार्य गर्नेछ।
यस सहकार्य अन्तर्गत आईआईटी दिल्लीभित्र हुन्डाई सेन्टर अफ एक्सलेन्स स्थापना हुने भएको छ। यसको उद्देश्य ब्याट्री र विद्युतीकरणमा अगाडि बढ्न र भारतीय बजारका आवश्यकता पूरा गर्न सघाउने रहेको जनाइएको छ।
कार्यक्रममा हुन्डाई मोटर समूहका पदाधिकारीसँगै आईआईटी दिल्लीका निर्देशक प्रा. रंगन बनर्जी, आईआईटी बम्बैका डीन सचिन सी पटवर्द्धन र आईआईटी मद्रासका डीन मनु सन्थानम लगायत उपस्थित थिए।