स्थानीय उपनिर्वाचनमा कहाँ, कसले जिते? (सूची)
स्थानीय तहका रिक्त ४४ पदमा भएको उपनिर्वाचनको मत परिणाम आइरहेको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म सार्वजनिक भएको मत परिणाममा धेरै स्थानमा नेपाली कांग्रेसले जितेको छ भने त्यसपछि नेकपा (माओवादी केन्द्र) छ। त्यसपछि नेकपा (एमाले) रहेको छ।
स्थानीय तहका ४४ पद रिक्त थिए। जसमध्ये तीन वटा पद निर्विरोध भएका थिए भने ४१ पदका लागि मतदान भएको थियो।
दुई वटा जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। ओखलढुंगामा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध भएका हुन्।
त्यस्तै, रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए।
दोलखामा माओवादीको अग्रता
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी उम्मेदवार निम लेकी शेर्पाले अग्रता लिएकी छन्।
पछिल्लो मत परिणाम अनुसार उनले ८०९ मत पाएकी छन्। निकटतम प्रतिस्पर्धी एमालेकी उमा लुंगेली मगर शेर्पाको ४४७ मत छ।
त्यस्तै, पासदिकी तामाङको २४०, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा विष्टको १८, नेकपा (एकीकृत समाजवादी)की रविना खड्काको १४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मनकुमारी श्रेष्ठको १२, जनता समाजवादी पार्टीकी सपना कार्की खड्काको चार, स्वतन्त्र उम्मेदवार सर्किमा शेर्पाको दुई, अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ र दिलबहादुर बस्नेतको एक-एक मत छ। हाल मतगणना जारी छ।
कोशी प्रदेश :
ताप्लेजुङको सिरिजंघा-३ मा एमालेकी सावादेन निर्वाचित
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ को वडाध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन्। उनले ३५३ मत पाइन् भने प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की अम्वी साउदेनले २५१ मत पाइन्।
त्यस्तै, नेपाली कांग्रेसका भीमकुमार लक्सम्बाले २१८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवीप्रसाद पौडेलले सात मत पाए।
झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्। उनले ४९३ मत पाए भने प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए।
त्यस्तै, कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादीका गणेशबहादुर थापाले २७७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नारायणप्रसाद निरौलाले २६, मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर तामाङले २०, जनमत पार्टीका शुकलाल राजवंशीले नौ, नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले दुई मत पाए।
तेह्रथुमको लालीगुँरास-८ मा कांग्रेसका लिम्बू निर्वाचित
तेह्रथुमको लालीगुँरास नगरपालिका-८ को वडाध्यक्षमा कांग्रेसका नरेन्द्र लिम्बू निर्वाचित भएका छन्। उनले ४४० मत पाए भने प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले ३६० मत पाए।
त्यस्तै, रास्वपाका सञ्जीव खड्काले ३८, माओवादीका कुमार विश्वकर्माले २६, राप्रपाका रत्नबहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बूले चार र नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत पाए।
मोरङको ग्रामथामको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मोरङको ग्रामथाम गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी निर्वाचित भएका छन्। उनले ६ हजार ९६९ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले पाँच हजार ३३३ मत पाए।
त्यस्तै, एमालेका तुलसीराम विश्वासले चार हजार १५९, राप्रपाका दिनेशकुमार थन्दारले ५५५, रास्वपाका नवीनकुमार विश्वास खवासले ३७५, समावेशी समाजवादी पार्टी नेपालका बोधनारायण माझीले २३३, एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी थारूले १३०, नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारूले ८९, जनता समाजवादी पार्टी (जसपा) नेपालका सुरेशकुमार राजवंशीले ४७, मंगोल नेशनल अर्गनाइजेशनका भरत राईले ४५, जनमत पार्टीका विनोदकुमार माझीले ४२, राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का पर्शुराम विश्वास थारूले २६, जनता समाजवादी पार्टी (जसपा)का धर्मेन्द्रकुमार चौधरीले १८ र नेपाल समाजवादी पार्टी (नेसपा)का रामकुमार चौधरीले १५ मत पाए।
सुनसरीको गढी-६ मा कांग्रेसका साहु निर्वाचित
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्। उनले ८१६ मत पाए भने प्रतिस्पर्धी माओवादीका कुशेश्वर खेरवारले ७९४ मत पाए।
त्यस्तै, एमालेका शन्तु उरावले ७७०, राप्रपाकी कविताकुमारी उरावले ८७, रास्वपाका शशीकुमार साहुले ३३, जनमत पार्टीका सीताराम यादवले ३०, समावेशी समाजवादी पार्टीका योगनारायण ऋषिदेवले १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी राजोदेवी ऋषिदेवले ११, राप्रपा नेपालका बच्चालाल अरगरिया यादवले १०, स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन, रामनारायण यादवले दुई र नागरिक उन्मुक्तिका तेजनारायण मुसहरले एक मत पाए।
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ निर्वाचित
ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्षमा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भएका छन्। उनले ३९९ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए।
त्यस्तै, रास्वपाका विष्णुप्रसाद पोखरेलले १५१, माओवादीका मानबहादुर सुनुवारले २३, राप्रपाका चन्द्रमणि दाहालले तीन र जसपा नेपालका इन्द्रबहादुर दर्जीले तीन मत पाए।
उदयपुरको त्रियुगा-१२ मा माओवादीका राई निर्वाचित
उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा माओवादीका नवीनकुमार बान्तवा राई निर्वाचित भएका छन्। उनले ९२३ मत पाए भने प्रतिस्पर्धी एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए।
त्यस्तै, कांग्रेसका सञ्जीव काफ्लेले ३५९, एकीकृत समाजवादीकी निर्मला चौधरीले ३१२, रास्वपाका ध्रुवप्रसाद पोखरेलले २०२, स्वतन्त्र उम्मेदवार बजरंगीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राप्रपाका लालबाबु साहले १७ र नागरिक उन्मुक्तिकी चन्द्रकला चौधरीले सात मत पाए।
मधेश प्रदेश :
सप्तरीको डाक्नेश्वरी-१ मा जसपा नेपालका साह निर्वाचित
सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ को वडाध्यक्षमा जसपा नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन्। उनले ६५२ मत पाए भने प्रतिस्पर्धी कांग्रेसकी भूलियादेवी थरुनीले ५९७ मत पाइन्।
त्यस्तै, एमालेका भगवानी साहले २६५, राप्रपाका सतीशकुमार चौधरी थारूले १६५, जनमत पार्टीका शैलेन्द्रकुमार साहले ७४, माओवादीका प्रमोदकुमार संतले २९, नागरिक उन्मुक्तिका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत पाए।
सप्तरीको डाक्नेश्वरी-३ जसपा नेपालका यादव निर्वाचित
सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ को वडाध्यक्षमा जसपा नेपालका देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन्। उनले ३७२ मत पाएका छन् भने प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्र राय अमातले २७७ मत पाएका छन्।
त्यस्तै, जनमत पार्टीका उदय नारायण पंडितले २३१, एमालेका संजयकुमार यादवले ६८, माओवादीका भागवत रामले नौ, राप्रपाका रामकुमार यादवले तीन र जसपाका रविन्द्र रायले तीन मत पाएका छन्।
धनुषाको धनुषाधाम-१ मा माओवादीका केवट निर्वाचित
धनुषाको धनुषाधाम नगरपालिका-१ को वडाध्यक्षमा माओवादीका सुनील कापर केवट निर्वाचित भएका छन्। उनले ६८४ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत पाए।
त्यस्तै, जसपा नेपालका अजयकुमार यादवले ४९९, एमालेका प्रमोद यादवले ३६५, राप्रपाका रामदेव सिंह दनुवारले २७, जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राप्रपाका रामनरेश दासले १०, राष्ट्रिय जनता पार्टी नेपालकी लक्ष्मीनिया देवीले तीन, राप्रपा नेपालका फौदार सादा मुसहरले दुई, जसपाका अरुण सादा मुसहरले दुई, बहुजन एकता पार्टी नेपालकी प्रमिलाकुमारी सदाले एक, स्वतन्त्र उम्मेदवार दिलीपकुमार ठाकुर वरहीले एक र विनोदकुमार यादवले एक मत पाए। अन्य स्वतन्त्र उम्मेदवारहरू नरेश सदा, रञ्जितकुमार यादव, रविकुमार मण्डल, विनोद मण्डल, विश्वेश्वर मण्डल, सञ्जयकुमार यादव र हुकुम सिंहले एक मत पनि पाएनन्।
महोत्तरीको रामगोपालपुर-२ मा एमालेका खाँ निर्वाचित
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को वडाध्यक्षमा एमालेका सकिबुल खाँ निर्वाचित भएका छन्। उनले ६३१ मत पाए भने प्रतिस्पर्धी एमालेकी आइतीकुमारी यादवले ५३४ मत पाइन्।
त्यस्तै, कांग्रेसका मोहम्मद जनिफ खाँले २८४, जसपा नेपालका मोहम्मद नजामुद्दीन खानले ३८, राप्रपा नेपालका राजेशकुमार यादवले पाँच, राप्रपाका खुरसैद खाँले चार, राप्रपाका मोहम्मद मनान खाँले दुई, स्वतन्त्र उम्मेदवार अशोककुमार यादव र धीरेन्द्रप्रसाद यादवले एक-एक मत पाए। स्वतन्त्र उम्मेदवारहरू गंगाप्रसाद यादव, नजामुद्दीन खाँ, मकेश्वर ठाकुर, मोहम्मद अरमान रजा खाँ, मोहम्मद इमामुद्दीन खाँ, राकेशकुमार यादव, राजदेव यादव, विजयकुमार सिंह र रामऔतार यादवले एक मत पनि पाएनन्।
रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक निर्वाचित
रौतहटको ईशनाथ नगरपालिका-७ को वडाध्यक्षमा शेख अब्दुल खलिक निर्वाचित भएका छन्। उनले ६२७ मत पाए भने प्रतिस्पर्धी एमालेका शेख अनवारले ५७५ मत पाए।
त्यस्तै, एकीकृत समाजवादीका सदरे आलमले ४५२, जनमत पार्टीका शेख जमिरुल हकले १३५, माओवादीका शेख अमिरुलले २४, राप्रपाका श्रीमदन शाहले १४, रास्वपाका शेख असराजले ६, जसपा नेपालका शेख अब्दुल अहमदले चार, स्वतन्त्र उम्मेदवार शेख अंजर हुसेनले दुई र शेख अबुजैरले एक मत पाए। स्वतन्त्र उम्मेदवार शेख अमानुल्लाह, शेख शकील र सफदर इमामले एक मत पनि पाएनन्।
रौतहटको गढीमाई-८ मा एकीकृत समाजवादीका यादव निर्वाचित
रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भएका छन्। उनले ६५५ मत पाए भने प्रतिस्पर्धी एमालेकी जीउतीदेवी यादवले ६३१ मत पाइन्।
त्यस्तै, कांग्रेसका सुबोधकुमार यादवले ६१७, जसपा नेपालका सन्देशप्रसाद यादवले २५८, राष्ट्रिय मातृभूमि पार्टीका साहेवलाल राउतले ४०, जनमत पार्टीका सुरेन्द्र राउत कर्मीले आठ, स्वतन्त्र उम्मेदवार रामसिंह राय यादवले ६, राप्रपाका रामबालक साहले चार र स्वतन्त्र उम्मेदवार दिनेश राय यादवले दुई मत पाए। स्वतन्त्र उम्मेदवार अनिलकुमार यादव, चन्द्रिकाप्रसाद यादव, नारेन्द्र ठाकुर, रामविधार्थप्रसाद जैयसवाल, रामविश्वास राय यादव, रामसागर राय यादव र श्रीश्यामप्रसाद यादवले एक मत पनि पाएनन्।
रौतहटको राजपुर-६ मा कांग्रेसका आलम निर्वाचित
रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम निर्वाचित भएका छन्। उनले ७४४ मत पाए भने प्रतिस्पर्धी माओवादीका जिकरुलाहले ४६३ मत पाए।
त्यस्तै, एमालेका मोहम्मद नसिम अख्तरले ४३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राप्रपाका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवार शेख मुस्ताक अहमदले दुई, जजमा खातुनले एक र शेख अतिउल्लाहले एक मत पाए। स्वतन्त्र उम्मेदवार शेख मोहमद मुस्ताफ, सफउल्लाह र साहिद प्रवेज मन्सुरीले एक मत पनि पाएनन्।
बागमती प्रदेश :
नुवाकोटको ककनी-२ मा माओवादीका घिमिरे निर्वाचित
नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका कृष्ण घिमिरे निर्वाचित भएका छन्। उनले एक हजार ८५ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका सूर्य तामाङले ५८७ मत पाए।
त्यस्तै, एमालेका यमबहादुर लामाले ३४१, रास्वपाका मंगलसिद्धि लामा तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८, मंगोल नेशनल अर्गनाइजेशनका किरण तामाङले २६, एकीकृत समाजवादीका मानबहादुर लामाले २३, नागरिक उन्मुक्तिका अमृत तामाङले १६, नेमकिपाकी माइलीमाया तामाङले १४ र स्वतन्त्र उम्मेदवार सोनु तामाङले एक मत पाए। अर्का स्वतन्त्र उम्मेदवार रमेश पुडासैनीले एक मत पनि पाएनन्।
काठमाडौं-१६ मा रास्वपाकी श्रेष्ठ निर्वाचित
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन्। उनले दुई हजार ९०२ मत पाइन् भने प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत पाए।
त्यस्तै, कांग्रेसका देवेन्द्र पाठकले दुई हजार २१४, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले एक हजार ९२, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४ मत पाए।
कीर्तिपुर-१ मा कांग्रेसका महर्जन निर्वाचित
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भएका छन्। उनले ५६२ मत पाए भने एकीकृत समाजवादीका हर्ष महर्जनले ४९८ मत पाए।
त्यस्तै, एमालेका सरलगोपाल महर्जनले १७३, स्वतन्त्र उम्मेदवार विनोदकुमार महर्जनले १३९, अर्जुन महर्जनले ९८, कमला महर्जनले ८३, राप्रपाका सुरेन्द्रप्रसाद उप्रेतीले ६४, नेमकिपाका कृष्णप्रसाद महर्जनले ५० र जनमत पार्टीका विकास प्रधानले सात मत पाए।
कीर्तिपुर-४ मा कांग्रेसका बानियाँ निर्वाचित
काठमाडौंको कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। उनले ७४२ मत पाए भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत पाइन्।
त्यस्तै, माओवादीका नारायण विष्टले २८७, एमालेका बद्री बुढाथोकीले १५४, राप्रपाका बिजेस बस्नेतले ८७, स्वतन्त्र उम्मेदवार मदनप्रसाद दाहालले ५८, एकीकृत समाजवादीकी रीता खड्का केसीले ३१, नेमकिपाका महेश्वर सुवेदीले १८, जसपा नेपालका राजीव महर्जनले ६, स्वतन्त्र उम्मेदवार गौतम बस्नेतले चार र जनमत पार्टीका श्रीकृष्ण महर्जनले दुई मत पाए। अर्का स्वतन्त्र उम्मेदवार कृष्णहरि खड्काले एक मत पनि पाएनन्।
हेटौंडा-१२ मा कांग्रेसका तिवारी निर्वाचित
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन्। उनले दुई हजार ६३ मत पाए भने प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधानले एक हजार ५६० मत पाए।
त्यस्तै, एमालेका राजेश नगरकोटीले एक हजार ३९८, राप्रपाका प्रेमबहादुर भोलनले १७८, रास्वपाका आशा वीरबलले ८३, एकीकृत समाजवादीका बलराम बलले ७३, मंगोल नेशनल अर्गनाइजेशनकी दीपा लामाले ३२, जसपा नेपालका छविलाल वाइबाले १०, स्वतन्त्र उम्मेदवार छत्रप्रकाश अधिकारीले चार, गीताकुमारी नेवारले दुई र नेमकिपाका फुलमाया तितुङले एक मत पाए। अर्का स्वतन्त्र उम्मेदवार अर्जुन घलानले एक मत पनि पाएनन्।
गण्डकी प्रदेश :
गोरखा-५ मा माओवादीका मगर निर्वाचित
गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्षमा माओवादीका विष्णुबहादुर मगर निर्वाचित भएका छन्। उनले ४८६ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका भाइकाजी आलेले ४०२ मत पाए।
त्यस्तै, एमालेकी दुर्गामाया थापा रानाले ३४५, रास्वपाका मंगलबहादुर थापाले ८२, राप्रपाकी कल्पना रानाले १२, नेसपाका रूपेश मग्रातीले १०, मंगोल नेशनल अर्गनाइजेशनकी भवानी थापा मगरले नौ, राप्रपा नेपालका रूपसिंह रानाले पाँच र नेशनल रिपब्लिक नेपालकी सविना तामाङले चार मत पाए।
लुम्बिनी प्रदेश :
गुल्मीको मुसिकोट-१ मा कांग्रेसका श्रेष्ठ निर्वाचित
गुल्मीको मुसिकोट नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित भएका छन्। उनले एक हजार १८४ मत पाए भने प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए।
त्यस्तै, माओवादीका दुर्गाबहादुर विकले १४३, रास्वपाका विकास थापाले ४३, राप्रपाकी ईश्वरी खातीले पाँच र स्वतन्त्र उम्मेदवार योगेन्द्र खरेलले एक मत पाए। त्यस्तै, स्वतन्त्र उम्मेदवार कुलबहादुर थापा र पोमानन्द खरेलले एक मत पनि पाएनन्।
कपिलवस्तुको शुद्धोधन-१ मा एमालेका मुसलमान निर्वाचित
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मोहमद ताहिर मुसलमान निर्वाचित भएका छन्। उनले एक हजार १५० मत पाए भने प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए।
त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३, जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१, माओवादीका रफी मोहम्मद मुसलमानले १३८, रास्वपाका अवधेशकुमार चौधरीले ९२, राप्रपाका इनताज अहमद धोबोले ६६, नागरिक उन्मुक्तिका सूर्यकुमार चौधरी थारूले ३३, एकीकृत समाजवादीका सुब्बा थारूले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्बल फकिरले एक मत पाए। जसपाका रमेशकुमार पाण्डे, स्वतन्त्र उम्मेदवार अब्दुल मुयीद मु, पुजारी थारू र सर्वजीत मल्लाहले एक मत पनि पाएनन्।
रोल्पाको रुन्टीगढी-४ मा कांग्रेसका मगर निर्वाचित
रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को वडाध्यक्षमा कांग्रेसका भूपमणि पुन मगर निर्वाचित भएका छन्। उनले ६४३ मत पाए भने प्रतिस्पर्धी एमालेका बेगम पुनले ५३५ मत पाए।
त्यस्तै, माओवादीका नरेशजंग सिंहले ७०, राप्रपाका पहलबहादुर वलीले १०, रास्वपाका हिमबहादुर पुनले सात र मंगोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर बुढाले सात मत पाए।
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू निर्वाचित
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका अमिन थारू निर्वाचित भएका छन्। उनले एक हजार ४३ मत पाए भने प्रतिस्पर्धी माओवादीका शेरबहादुर थारूले ६७८ मत पाए।
त्यस्तै, एमालेका विष्णुप्रसाद देवकोटाले ३३७, नागरिक उन्मुक्तिका प्रीतिलाल थारूले ७०, राप्रपाका रत्नले ५२ र रास्वपाका वासुदेव शर्माले १७ मत पाए।
रुकुमको पुथा उत्तरगंगामा माओवादीकी बुढा निर्वाचित
रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार नरपुरा बुढा निर्वाचित भएकी छन्।
बुढाले प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार केशकुमारी तुलाचनलाई एक हजारभन्दा बढी मतले पराजित गरेकी हुन्। बुढाले तीन हजार ६२७ मत पाइन् भने तुलाचनले दुई हजार १२८ मत पाइन्।
कर्णाली प्रदेश :
डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाँक्री निर्वाचित
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री निर्वाचित भएका छन्। उनले १६१ मत पाए भने प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए। त्यस्तै, कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाए।
कालीकोटको तिलागुफा-४ मा नेमकिपाका शाही निर्वाचित
कालीकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्षमा नेमकिपाका खड्कराज शाही निर्वाचित भएका छन्। उनले १४३ मत पाए भने प्रतिस्पर्धी माओवादीकी नैसोभा शाहीले ११५ मत पाइन्।
त्यस्तै, एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बमले पाँच मत पाए।
जाजरकोटको कुसे-७ मा कांग्रेसका सिंह निर्वाचित
जाजरकोटको कुसे गाउँपालिका-७ को वडाध्यक्षमा कांग्रेसका खम्बहादुर सिंह निर्वाचित भएका छन्। उनले ३४७ मत पाए भने प्रतिस्पर्धी माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाए। त्यस्तै, एमालेका डम्बरबहादुर घर्तीले २५२ र राप्रपाका लालबहादुर खत्रीले आठ मत पाए।
नलगाडको उपमेयरमा माओवादीकी लामिछाने निर्वाचित
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने निर्वाचित भएकी छन्। उनले चार हजार २७२ मत पाइन् भने प्रतिस्पर्धी कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार १४७ मत पाइन्।
त्यस्तै, एमालेकी सुनिता बोहराले दुई हजार ५४२, रास्वपाकी पार्वती पुनले १७९, राप्रपा नेपालकी सुनीता पुन रावले ५८ र नेसपाकी पवित्रा जैसीले १७ मत पाए।
दैलेखको दुल्लु-१३ मा एमालेका शाही निर्वाचित
दैलेखको दुल्लु नगरपालिका-१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही निर्वाचित भएका छन्। उनले ५७४ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए। त्यस्तै, माओवादीका ढकेन्द्रबहादुर शाहीले २७८, रास्वपाका रामबहादुर शाहीले ५८, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत पाए।
दैलेखको महाबुमा एमालेका शाही निर्वाचित
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन्। उनले तीन हजार १२७ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए।
त्यस्तै, माअोवादीका जंगबहादुर बराल मगरले ८४२, रास्वपाका प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ४७ र एकीकृत समाजवादीका जगतबहादुर हमालले चार मत पाए।
रुकुमको सानीभेरी-५ मा कांग्रेसका खत्री निर्वाचित
रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन्। उनले ५९० मत पाए भने प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए।
सुदूरपश्चिम प्रदेश :
बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी निर्वाचित
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी निर्वाचित भएकी छन्। उनले एक हजार ७४० मत पाइन् भने प्रतिस्पर्धी कांग्रेसकी पुल्ती सरा शाहीले एक हजार ४७४ मत पाइन्। त्यस्तै, एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत पाइन्।
बझाङको सुर्मा-४ मा कांग्रेसका पुजारा निर्वाचित
बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा धिरेन्द्र पुजारा निर्वाचित भएका छन्। उनले ६५७ मत पाए भने प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहराले ४८७ मत पाए। त्यस्तै, माओवादीका पुष्करबहादुर बोहराले १७ मत पाए।
डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा निर्वाचित
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन्। उनले ४६८ मत पाए भने एमालेका देवबहादुर थापाले ३०१ मत पाए। त्यस्तै, रास्वपाकी जानकीकुमार खड्काले ३१ र माओवादीका देवीलाल थापाले २६ मत पाए।
दार्चुलाको दुहु-५ मा कांग्रेसका कुँवर निर्वाचित
दार्चुलाको दुहु गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसका धनसिंह कुँवर निर्वाचित भएका छन्। उनले ३७६ मत पाए भने प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३५८ मत पाए। त्यस्तै, माअोवादीका वीरसिंह कार्कीले ९८ र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत पाए।
कञ्चनपुरको भीमदत्त-६ मा कांग्रेसका चन्द निर्वाचित
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द निर्वाचित भएका छन्। उनले एक हजार १०७ मत पाए भने प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४७८ मत पाए।
त्यस्तै, राप्रपाका सुशीलकुमार भट्टले ३६९, एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २२५, रास्वपाका रामदत्त भट्टले २१८, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १४२, नागरिक उन्मुक्तिका हरीश डगौराले १२७, माओवादीका नानाराम कोलीले १२२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राप्रपा नेपालका दिलबहादुर धामीले २४, नेमकिपाका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादवबहादुर चन्दले पाँच मत पाए।