इण्डियन पुलिस सर्भिसमा नेपाल प्रहरी उत्कृष्ट, सोर्ड अफ अनर प्रदान
भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् ।
उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त तालीममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी तीन विधामा पुरस्कार हासिल गर्न सफल भए ।
प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भए ।
पुरस्कृत प्रहरीलाई आगामी ७ भदौमा आयोजित कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहले पुरस्कार प्रदान गरे ।
विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो । करीब दुईवर्ष लामो अवधि रहेको उक्त तालिम ६ महीनाको फिल्ड अट्याचमेन्टसहित दुई चरणमा सञ्चालन हुने गर्छ ।