नक्कली चिकित्सकको भुलभुलैया (भिडिओ)
शक्तिकेन्द्रको संरक्षणमा एक जना नक्कली चिकित्सक खुलेआम छद्म विज्ञानको धन्दा चलाइरहेका छन्।
आफूलाई आयुर्वेदिक चिकित्सक बताउँदै वर्षौंदेखि बिरामीलाई भुलभुलैयामा पार्दै आएका एक जना नक्कली चिकित्सक हुन् बीपी अर्थात बिजुलीप्रसाद तिम्सिना। काठमाडौं, बत्तीसपुतलीस्थित होटल द्वारिकाजको अगाडिपट्टि छ, उनको पाथीभरा आयुर्वेदिक हस्पिटल प्रालि।
यसैका सञ्चालक तिम्सिना आफूलाई डाक्टर भनेर चिनाउँछन्। उनको अस्पतालमा बिरामीको दिनहुँ लामो लाइन हुन्छ। कतिपय वेला त उनलाई देखाउन केही दिन पर्खनु समेत पर्छ। उनी आफूलाई आयुर्वेदको चिकित्सक दाबी गर्छन्, बिरामी हेर्छन्, औषधि सिफारिश गर्छन्। तर उनी डाक्टर होइनन्।
रिपोर्ट : रमेश कुमार
वाचन : शमशाद अहमद
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
विस्तृत पढ्न : नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार