रोयल इन्फिल्डको सिग्नल्स एडिसन नेपाली बजारमा
रोयल इन्फिल्डको नयाँ मोटरसाइकल ‘क्लासिक-३५० सिग्नल्स एडिसन’ नेपाली बजारमा आएको छ।
रोयल इन्फिल्डको वितरक अल्फा अटोमोटिभ प्रालिले सिग्नल्स एडिसनलाई सार्वजनिक गरेको छ। ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्त्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलका रूपमा लिइन्छ। यो मोटरसाइकल डेजर्ट स्यान्ड र मार्स ग्रे रंगमा उपलब्ध छ।
यसमा फराकिलो सीट प्रोफाइल र नरम फोम कुशन र्याडिङ रहेको छ। जसले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्नेलाई यात्रुलाई आरामदायी अनुभव दिने जनाइएको छ।
यसमा एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्वीच, इन्फो स्वीच र ओभल मास्टर सिलिन्डर लगायत विभिन्न फिचर छन्। त्यस्तै, नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर छन्।
देशभरका सबै २४ वटै शोरूममा यसको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ। सबै शोरूममा टेस्ट राइड र अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ।