चीन भ्रमणका लागि पूर्व प्रधानमन्त्रीले के दिए सुझाव? (भिडिओ)
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण जानुअघि पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग सुझाव मागेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले विभिन्न सुझाव दिएका छन्। उनीहरूले भारत त कि चीन नभनी जसले पहिलो निम्तो दियो उतै जानु ठीकै भएको बताएका छन्।
त्यस्तै, ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ बारे पनि उनीहरूले सुझाव दिएका छन्। नेपालले हितमा हुनेगरी ऋण वा अनुदान दुवै लिनुपर्ने उनीहरूको भनाइ थियो।
यससँगै यो भ्रमण नयाँ सम्झौता गर्ने भन्दा पनि पुरानै सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव आएको छ। बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले भने चिनियाँ पक्षसँग कुराकानी भइराखेकाले केही नयाँ सम्झौता पनि हुनसक्ने संकेत गरेकी छन्।
रिपोर्ट : धनु विश्वकर्मा
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव