फिल्म साउथएशियामा ‘सिक्स-ए आकाश गंगा’ बन्यो उत्कृष्ट फिल्म
फिल्म साउथएशिया महोत्सवमा सिक्स-ए आकाश गंगाले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।
पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित विशेष समारोहमा निर्मल चन्द्र ढन्द्रियालले निर्देशन गरेको सिक्स-ए आकाश गंगालाई रामबहादुर ट्रफी प्रदान गरिएको छ। फिल्म साउथएशियामा उत्कृष्ट फिल्मलाई रामबहादुर ट्रफीसँगै दुई हजार डलर पुरस्कार प्रदान गरिन्छ।
यस वर्षदेखि शुरू भएको फिल्म साउथएशिया सम्मान फिल्मकर्मी आनन्द पटवर्द्धनलाई प्रदान गरिएको छ। यससँगै उनको फिल्म द वर्ल्ड इज फ्याम्लीलाई डकुमेन्ट्री स्टलवार्ट अवार्ड प्रदान गरिएको छ।
आनन्द पटवर्द्धनलाई फिल्म साउथएशिया सम्मान प्रदान गरिंदै।
त्यस्तै, यस वर्षको जुरी अवार्ड दुई वटा फिल्मले पाएका छन्। सुविना श्रेष्ठ र चर्दी कलाको देवी तथा प्रतीक शेखरको एन वड टु रेजिलेन्सलाई जुरी अवार्ड प्रदान गरिएको हो।
सुविना श्रेष्ठ र चर्दी कला तथा प्रतीक शेखरलाई जुरी अवार्ड प्रदान गरिंदै।
यस वर्षको उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड समीक्षा माथुरको हेलो गाइजले जितेको छ। यसको पुरस्कार राशि ५०० डलर छ।
समीक्षा माथुरलाई उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड प्रदान गरिंदै।
यसैगरी, तारेक मसुद उत्कृष्ट डेब्यू फिल्मको अवार्ड मुन्तहा अमिनको सेइज इन द एअरलाई प्रदान गरिएको छ। यसको पुरस्कार राशि एक हजार डलर छ।
मुन्तहा अमिनलाई तारेक मसुद उत्कृष्ट डेब्यू फिल्मको अवार्ड प्रदान गरिंदै।
जलवायु परिवर्तन सम्बन्धी विषयमा बनेको उत्कृष्ट फिल्मको अवार्ड सलमान जाभीद, विवेक सिंह संगवान र सत्य अम्वस्ताको अ फ्लेमिङ फरेस्टले जितेको छ।
विवेक सिंह संगवान र सत्य अम्वस्तालाई जलवायु आपत्काल सम्बन्धी उत्कृष्ट फिल्म अवार्ड प्रदान गरिंदै।
यो फिल्म साउथएशियाको १४औं संस्करण हो। यस वर्ष चार दिनसम्म नौ देशका ४७ फिल्म प्रदर्शन गरिएको थियो। यससँगै महोत्सवमा विभिन्न शीर्षकमा कार्यशाला र ‘मास्टरक्लास’ पनि सञ्चालन गरिएको थियो।
- निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’