सुनको मूल्य एकै दिनमा १५ हजार नौ सय घट्यो
सुनको मूल्य एकै दिनमा १५ हजार ९०० रुपैयाँले घटेको छ।
सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य पनि घटेको व्यवसायीले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ। जबकि आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले घटेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सुन आयातमा २० प्रतिशत भन्सार लाग्ने गरेको थियो। सरकारले यसलाई घटाएर १० प्रतिशतमा झारेको छ।
यस्तै, चाँदीको आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो। अहिले घटाएर १० प्रतिशत बनाइएको छ।
उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भइरहेको सुरक्षा अधिकारीले बताउँदै आएका थिए। त्यसका आधारमा सरकारले भन्सार दर घटाएको हो।