उपनिर्वाचनमा सार्वजनिक बिदा दिनु : निर्वाचन आयोग
निर्वाचन आयोगले उपनिर्वाचन हुन लागेका पालिकाहरूमा सामुदायिक तथा निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान लगायतमा बिदा गर्न निर्देशन दिएको छ।
ती सार्वजनिक स्थलहरू निर्वाचन प्रयोजनमा उपयोग हुने भएकाले १३ देखि १६ मंसीरसम्म बिदा गर्न निर्देशन दिने निर्णय भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जनाएकी छन्।
अर्यालका अनुसार १६ मंसीरमा प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्षको चुनाव हुन लागेको पालिकामा र वडाध्यक्ष चयन हुन लागेका वडामा सार्वजनिक बिदा दिनुपर्ने आयोगको निर्णय छ।
विभिन्न कारणले रिक्त ४४ जनप्रतिनिधि (नगरपालिका प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष)का लागि ३७६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन्।