निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
खानले बनाएको द फर्गटन आर्मी वृत्तचित्र सन् १९९९ मा फिल्म साउथएशियामा प्रदर्शन गरिएको थियो। त्यसको २५ वर्षपछि उनी फिल्म साउथएशियाको १४औं संस्करणमा प्रमुख अतिथिका रूपमा नेपालका आएका हुन्।
उनले यलमाया केन्द्रमा ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिम रहेको फिल्म साउथएशिया महोत्सवको उद्घाटन गरे। महोत्सवको उदघाटन सत्रमा भूटानको खुशी सूचकको राजनीतिमा आधारित वृत्तचित्र एजेन्ट अफ हेप्पीनेस प्रदर्शन गरिएको थियो।
निर्देशक खान मुख्य वक्ता रहेको उद्घाटन कार्यक्रममा महोत्सव निर्देशक मितु बर्मा, सहायक निर्देशक पावस मानन्धर र जुरी सदस्य फर्जाद नाबीले मन्तव्य राखेका थिए।
फिल्म साउथएशियाका अध्यक्ष कनकमणि दीक्षितले दक्षिणएशियामा नेपालमा मात्र यस्तो महोत्सव आयोजना गर्ने वातावरण रहेको बताए। दक्षिण एशियाली सहयोग संगठनलाई क्रियाशील बनाउनुपर्नेमा दीक्षितको जोड थियो।
यसअघि निर्देशक खानले ‘निर्देशन कार्यशाला’ शीर्षकको सत्रमा बोलेका थिए। उनले फिल्म साउथएशियामा वृत्तचित्र प्रदर्शन भएको सात वर्षपछि काबुल एक्सप्रेस फिल्म बनाएको सुनाए। त्यसपछि बनेका उनका न्यू योर्क, बजरंगी भाइजान, एक था टाइगर, फ्यान्टम, ट्यूबलाइट, ८३ र चन्दु च्याम्पियन चर्चित छन्।
महोत्सवको पहिले दिनको ‘निर्देशन कार्यशाला’ सत्रमा निर्देशक खानसँग फिल्म साउथएशियाका अध्यक्ष कनकमणि दीक्षितले गरेको संवाद: