वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रबाटै आफूले मानवीय भावना बुझ्न पाएको बताएका छन्।
चर्चित फिल्म बजरंगी भाइजानका निर्देशक खानले ललितपुरमा सञ्चालन भइरहेको फिल्म साउथएशियाको पहिलो सत्रमा आफ्नो अनुभव सुनाउँदै वृत्तचित्रको महत्त्व बताएका हुन्। उनले फिल्म र वृत्तचित्रको यात्राबारे अनुभव साटेका छन्।
वृत्तचित्रबाटै करिअर शुरू भएको बताउँदै त्यो अनुभवले व्यावसायिक फिल्म निर्माण गर्न ऊर्जा मिलेको बताए। “मैले वृत्तचित्र बनाउँदा वास्तविकता र मानवीय भावना बुझ्ने अवसर पाएँ। गहिरो अध्ययन तथा अनुसन्धान गर्न सकियो, जसले फिल्म निर्माणमा ठूलो मद्दत पुर्याएको छ,” निर्देशक खानले भने।
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा बिहीबार बिहान आयोजित निर्देशन सम्बन्धी कार्यशालामा बोल्दै निर्देशक खानले फिल्म निर्माण प्रक्रियाबारे जानकारी दिए। कथा निर्माणदेखि स्क्रिप्ट लेखन, कलाकार चयन र फिल्मको सम्पूर्ण निर्माणमा कसरी काम गर्नुपर्छ भन्नेबारे अनुभव सुनाए।
फिल्म निर्माणमा ‘टीमवर्क’ महत्त्वपूर्ण रहेको बताउँदै खानले भने, “राम्रो फिल्म बनाउँदा सबैको योगदान महत्त्वपूर्ण हुन्छ। सबैको मिहिनेतले मात्र राम्रो परिणाम दिन्छ।”
फिल्म साउथएशियाको १४औं संस्करण बिहीबारदेखि शुरू भएको छ। महोत्सवमा दक्षिणएशियाका ४७ फिल्म प्रदर्शन गरिंदै छन्। महोत्सव मंसीर ९ गतेसम्म चल्नेछ।
फिल्म साउथएशियामा प्रदर्शन हुने फिल्मको सूची :