संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारीका लागि आवेदन आह्वान
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्ति हुन चाहनेहरूले आवेदन दिन सक्ने भएका छन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिश समितिको सचिवालयले शुक्रबार आवेदन आह्वान गरेको छ। इच्छुक व्यक्तिलाई आवेदन फारम भरेर एक साताभित्र सिफारिश समितिको सचिवालयमा पठाउन भनिएको छ।
इच्छुक उम्मेदवारले नियुक्त भएको अवस्थामा आफूले गर्न सक्ने योगदान र रणनीति ५०० शब्दमा नबढाई लेखेर पठाउनु पर्ने सचिवालयले जनाएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिश सम्बन्धी छनोट प्रक्रिया, २०८१ सालमा आवेदकको नाम कानून, न्याय तथा संसदीय मामिला र आयोगहरूको वेबसाइटमार्फत सार्वजनिक सकिने उल्लेख छ।