दिल्ली रुटका लागि टाटाका म्याग्ना बस हस्तान्तरण
टाटा मोटर्सका अत्याधुनिक र सुविधासम्पन्न १० वटा म्याग्ना बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरिएको छ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले रुपन्देहीको पत्थरडाँडामा आयोजित एक कार्यक्रममा बस हस्तान्तरण गरेको हो। पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिको सहकार्यमा त्रिशक्ति पशुपति दर्शन प्रालि सञ्चालनमा आएको हो।
नयाँ बस लुम्बिीबाट दिल्ली रुटमा सञ्चालन गरिने कम्पनीले जनाएको छ। एसी सहितको बसमा ४४ सीट रहेका छन्। कम्पनीका अध्यक्ष इन्द्र पुनले भविष्यमा रुट विस्तार गरिने बताए।
सिप्रदीको कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले यी बस लामो दूरीका लागि विशेष रुपमा तयार पारिएको बताए। यसले अन्तरदेशीय यात्रालाई सहज बनाउने उनको भनाइ थियो।