पाँच करोड ठगीका आरोपी कम्बोडियाबाट पक्राउ
सिंगापुर पठाईदिन्छु भनेर ४० जनाभन्दा बढी व्यक्तिलाई ठगेको आरोपमा सिन्धुपाल्चोकको मान्खाकी विनु शाक्य पक्राउ परेकी छन्।
कम्बोडियामा पक्राउ परेकी शाक्यलाई आइतबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ। उनी विरुद्ध वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो।
शाक्य र त्रियुगा नगरपालिका-१०, उदयपुरका सुजन आचार्यले पाँच करोड २० लाख ९४ हजार ठगी गरेको प्रहरीको भनाइ छ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्नको लागि नेपाल प्रहरीले अनुरोधपछि उनीहरू विरुद्ध २०८० माघमा रेड नोटिस जारी भएको थियो। आचार्यलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याईसकिएको छ।