थाई एअरको भैरहवा-ब्यांकक उडान शुरू
थाई एअर एशियाले ब्यांकक-भैरहवा-ब्यांकक उडान शुरू गरेको छ।
थाई एअरको विमान चालक दलका सात सदस्यसहित कात्तिक १८ गते बिहान ६:५५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। यो विमान बिहान ७:४० बजे ब्यांकक प्रस्थान गरिसकेको छ।
“शुरूमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एअरको एअरबस ए-३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो,” विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने।
थाई एअरको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र पर्यटन व्यवसायीले स्वागत गरेका थिए। अब कात्तिक २३ गतेबाट सातामा दुई पटक नियमित उडानको तालिका रहेको राउतले बताए।
थाई एअरले केही दिनअघि मात्र भैरहवा र काठमाडौंमा पुनः उडान गर्न अनुमति पाएको थियो। त्यसलगत्तै उडान शुरू भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन।
भैरहवाबाट ब्यांककतर्फ एकतर्फी शुरुआती भाडादर १२ हजार रुपैयाँ रहेको छ। थाइ एअर थाइल्यान्डको हवाइ सेवा कम्पनी हो।