रुपन्देहीमा अन्तर्राष्ट्रिय मुशायरा हुने
उर्दू फाउन्डेशन नेपालको आयोजनामा अन्तर्राष्ट्रिय कवि सम्मेलन (मुशायरा) हुने भएको छ।
नेपाल र भारतका कविहरूको सहभागिता हुने मुशायरा कात्तिक ९ गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित बुद्धमाया होटलमा हुने बताइएको छ।
आयोजक उर्दू फाउन्डेशनका अध्यक्ष सहर महमूदले उर्दू साहित्य क्षेत्रमा ख्यातिप्राप्त कविहरूको उपस्थिति रहने मुशायरा नेपालको भाषिक पहिचानलाई चिनाउने अवसर हुने बताए।
मुशायरामा वरिष्ठ उर्दू साहित्यकार इक़बाल अशहरका साथै मारुफ रायबरेली, फैज खलिलाबादी, रुबिना अयाज, शिव सगर लगायतको प्रस्तुति हुनेछ।
नेपालका साकिब हारुनी, इम्तियाज वफा, सहर महमूद लगायतले मुशायरामा सहभागिता जनाउनेछन्।