तस्वीरमा सखिया नाचको रौनक
दशैंमा नाचिने सखिया नाचले तराईका थारु बस्तीहरूमा रौनक छाएको छ।
दशैं आउनुभन्दा एक साताअघिदेखि शुरू भएको सखिया नाच जारी छ।
महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ।
विजया दशमीपछि पनि एक सातासम्म सखिया नाच नाचिन्छ। दाङका थारु अगुवा चन्द्रप्रसाद चौधरीले गाउँठाउँ अनुसार फरक फरक समयमा सखिया नाच समापन गरिने बताए।
हेर्नुहोस् सखिया नाचका केही झलक: