कानून यात्रा पडकास्टमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्ती
यस शृंखलामा अन्तर्राष्ट्रिय न्यायशास्त्रमा निर्भर नभई नेपालकै न्यायशास्त्रलाई बलियो बनाउने विषयबारे सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीसँग कुराकानी गरेका छौं।
एउटा फैसलाको आलोचना गर्दा आफू विरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी मुद्दाबारे पनि वस्तीको अनुभव सुन्न सक्नेछौं।
यससँगै कानूनका विद्यार्थीका प्रश्नको जवाफ पनि दिनेछन्। यस क्रममा सर्वोच्च अदालतको न्यायाधीशका रूपमा आफ्नो अनुभव र त्यस वेलाका शिक्षाविद्सँगको अन्तरक्रियाबारे पनि वस्तीले सुनाउनेछन्।