एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ प्रदान गरिएको छ।
बेलायतको वुमन्स ट्याब्लोइडले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत खड्कालाई यो अवार्ड प्रदान गरेको हो। यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्यका लागि गरिएको जनाइएको छ।
यो सम्मानलाई खड्काले सामुहिक प्रयासको नतिजा भनेकी छन्। “यो हाम्रो टिम एनसेलले गरेको सामुहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुशी छौं,” उनले भनिन्, “एनसेल फाउन्डेशनको शुरुआतसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक-आर्थिक विकासमा योगदान पु¥याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं।”
एनसेलले देशैभर सयभन्दा बढी सामाजिक परियोजना कार्यान्वयन गरेको छ। जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक करोड ३० लाखभन्दा बढी नेपालीलाई लाभ पुगेको एनसेलले जनाएको छ। जसमा रिङरोडको कोटेश्वर-कलंकी १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको ‘एटीन फर एटीन’ सामाजिक पहल छन्।
वुमन्स ट्याब्लोइड अवार्डसले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसर, उद्यमी र महिलाले सञ्चालन गरेका व्यवसायको उल्लेखनीय उपलब्धिको सम्मान गर्छ।