कानून यात्रा पडकास्टमा अधिवक्ता अनुपराज उप्रेती
यस शृंखलामा पायोनियर ल एशोसिएट्सका मेनेजिङ पार्टनर अधिवक्ता अनुपराज उप्रेतीसँग कुराकानी गरेका छौं। काठमाडौं बाहिरका संकाय र विद्यार्थीलाई कानूनी शिक्षामा सहयोग प्रदान गर्न नेपालका ल फर्महरूको भूमिकाबारे उप्रेतीले प्रकाश पार्नेछन्।
यससँगै पायोनियर ल एशोसिएट्ससँगको सहकार्यमा भरतराज उप्रेती फाउन्डेशनले आयोजना गरेको नेपालको सबैभन्दा ठूलो ‘मूट कोर्ट’ प्रतियोगिताबारे पनि बताउनेछन्, जहाँ देशभरका विद्यार्थीले भाग लिन्छन् र एकअर्काबाट सिक्ने अवसर पाउँछन्। यस शृंखलामा विद्यार्थीको प्रश्नको जवाफ दिंदै उनले नेपालको ‘मुटिङ कल्चर’ लाई माथि उठाउने आफ्नो दृष्टिकोणबारे पनि बोलेका छन्।