दिपेश पुनलाई चाहिं उन्मुक्ति दिनु भन्ने लेखेको छ र?
‘राजनीतिक पार्टीकै नेता-कार्यकर्ता सहकारी ठगी प्रकरणमा जोडिएका छन्। देवकुमार नेपाली एमालेका तर्फबाट निर्वाचित मेयर हुन्। अहिले पनि दर्जनौं सांसद जोडिएका छन्। केन्द्रीय नेता संलग्न छन्।’
सहकारी ठगी प्रकरणको छानबिन गर्न संसद्ले बनाएको सहकारी छानबिन विशेष समितिले प्रतिवेदन बुझाएसँगै सरकारले कार्यान्वयन शुरू गरेको छ। गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पक्राउ परेका छन्। अन्य व्यक्तिलाई पनि पक्राउ गरिने हल्ला चलिरहेको छ। यस प्रतिवेदनलाई लिएर एकथरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भनिरहेका छन् भने अर्काथरीले सहकारीको रकम अपचलनमा संलग्नता देखिएकाले कारबाही हुनुपर्ने माग गरिरहेका छन्। यसै सन्दर्भमा सहकारी छानबिन विशेष समितिका सदस्य लेखनाथ दाहालसँग गरिएको कुराकानी:
अन्तर्वार्ता : अर्चना दर्जी
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
अन्तर्वार्ता पूरा पढ्न : ‘रवि लामिछानेले क्लिन चिट पाएका होइनन्’