तस्वीरमा बाढीको तेस्रो दिन
अविरल वर्षापछि आएको बाढीले प्रभावित बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ।
बाढीको तेस्रो दिन असोज १४ मा काठमाडौं उपत्यकाका नदी किनारका बस्ती तंग्रिने प्रयासमा देखिए। कतिपय घरभित्र पसेको हिलो बाहिर फालिरहेका थिए भने कतिपय आँगन र वरिपरि सफा गर्दै थिए।
ललितपुरको नख्खु क्षेत्रका बासिन्दा पनि बाढीको विपत्तिबाट बाहिर निस्कने प्रयास गरिरहेका छन्। नख्खु खोलाले तहसनहस पारेका बस्ती सम्हालिन खोज्दै छन्।