विपद्मा एनसेलको निःशुल्क डेटा
केही दिनदेखिको वर्षाका कारण निम्तिएको विपद्मा एनसेलले निःशुल्क डेटा उपलब्ध गरारहेको छ।
वर्षाका कारण आएको बाढीपहिरोमा परी ६० जनाको ज्यान गएको छ भने ६४ जना हराइरहेका छन्। यो विपद्मा समयमै सहज सञ्चारको पहुँचका लागि निःशुल्क डेटाको व्यवस्था गरिएको एनसेलले जनाएको छ।
एनसलले शनिबार बिहानदेखि निःशुल्क डेटाको उपलब्ध गराएको हो। तत्काल सञ्चार सेवाका लागि डेटा उपलब्ध गराएको र क्षतिको पूर्ण विवरण प्राप्त भएप्छि राहत सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ।