देशभर ६८ स्थानमा सडक अवरुद्ध (सूची)
बाढीपहिरो तथा डुबानका कारण देशभर ६८ स्थानमा सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ।
सडक विभागका अनुसार, शनिबार अपराह्न साढे ३ बजेसम्म बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडक ठप्प भएका छन्। त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले बताए।
“ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन्। विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन,” भट्टराईले भने।
पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगेको छ। अरनिको राजमार्गको लार्चाको बेलिब्रिज र बीपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगेको छ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा रहेको अर्यालले बताए। बीपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर सडक बगाएको छ।
अहिले काठमाडौं उपत्यका छिर्ने सबै बाटो बन्द रहेको अर्यालले बताए। धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेको उनको भनाइ छ।
अवरुद्ध बनेका सडक :