बाढीले डुबानमा परेको नख्खु क्षेत्र (तस्वीरहरू)
नख्खु खोलामा आएको बाढीले नख्खु क्षेत्र डुबानमा परेको छ।
नख्खु खोलाको बाढीले चार जनालाई बगाएको छ। स्थानीय बासिन्दाले तीन जनाको उद्धार गरेका छन् भने एक जना हराइरहेका छन्।
बाढीले नख्खु क्षेत्रको जनजीवन प्रभावित भएको छ। खोला किनारका अधिकांश घरमा बाढी पसेको छ। भूइतलाका सरसामान क्षति भएको छ।