उपनिर्वाचनको तालिका सार्वजनिक, मंसीर २ मा उम्मेदवारी दर्ता
आउँदो मंसीर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ।
निर्वाचन आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए। आयोगले स्वीकृत गरेको कार्यक्रम अनुसार मंसीर २ गते उम्मेदवारी दर्ता हुनेछ।
बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। त्यही दिन साँझ ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गरिनेछ।
त्यस्तै, मंसीर ३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। उजुरीमाथि छानबिन गरी आयोगले मंसीर ४ गते बेलुका ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
आयोगले मंसीर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ। दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ देखि बेलुका ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
मंसीर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन्। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष नौ, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्षका २१ पदमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचन हुने स्थानीय तह र पद :