दिपेश पुनको जवाफ- यस विषयमा मलाई जानकारी छैन
‘जीबी राई र कार्यकारी निर्देशक सागर केसीलाई सम्बन्धित निकायमा उपस्थित गराएमा संस्थाको यथार्थ स्थिति थाहा हुन्छ।’
सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनले आफूलाई जानकारी नभएको बयान दिएका छन्। सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबनि विशेष समितिसँगको बयानमा उनको एउटै जवाफ छ, ‘यस विषयमा मलाई जानकारी छैन।’ सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा सचिव हुँदा रकम हिनामिना गरेको आरोप लागेको थियो।
संघीय संसद्, प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समक्ष सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व सचिव दिपेशकुमार पुनले दिएको बयान :
आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस्। परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ? खुलाइदिनुहोस्।
मेरो नाम दिपेश कुमार पुन हो। बाजे रामसुर पुन, बुबा नन्द बहादुर पुन, आमा हस्तमाया पुन, श्रीमती सविता पुन, छोराहरू कर्मद पुन, योगकिशोर पुन हो। मेरो स्थायी ठेगाना जिल्ला रोल्पा सविक राङसि गाउँ विवास समिति वडा नं. ९ परिवर्तन गाउँपालिका वडा नं. २ हो। हाल काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १ मा बस्छौं। मेरो जन्म मिति २०४४ असार १० हो। म हाल ३६ वर्षको भएँ।
तपाईको शारीरिक अवस्था कस्तो छ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ?
मेरो शारीरिक तथा मानसिक अवस्था ठिक छ। सोधिएका प्रश्नको जवाफ दिन सक्छु।
तपाई आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाका नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस्।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा मलाई थाहा जानकारी नदिई सचिवको रूपमा राखिएको रहेछ। सो कुरा थाहा पाएपछि मैले तत्काल राजीनामा दिएको थिए। उक्त राजीनाम साधारणसभाबाट अनुमोदन भई सहकारी विभागमा समेत पेश गरेको छ। उक्त सहकारीको कार्यालय जिल्ला रूपन्देही बुटवल उप-महानगरपालिकामा रहेको छ।
सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/ थियो?
उक्त संस्थाको साधारणसभामा म लगायत प्रदेश मन्त्रीहरू, जनप्रतिनिधिहरू, सहकारी विभागका कर्मचारीहरूलाई अतिथिको रूपमा बोलाइएको थियो। सोही साधारणसभामा अन्य अतिथिहरूले जस्तै मैले पनि सहकारीबारे जाने, बुझेका कुराहरू राखेको थिए। त्यसवेला मैले उपस्थितिमा हस्ताक्षर गरी हिडेको हुँ। त्यसवेला मलाई थाहा जानकारी नदिई सचिव पदमा राखेका रहेछन्।
त्यसको ६ महीनापछि उक्त संस्थाका कार्यकारी निर्देशक सागर केसीले यस संस्थामा अधिकांश वचतकर्ताहरू गुरुङ र मगर समुदायको भएको र तपाई पनि यहि प्रदेशको भएको हुनाले तपाईलाई सचिवमा राखिएको छ भनी थाहा जानकारी गराएका थिए। यसरी जानकारी पाउने बित्तिकै मैले राजीनामा दिएको हुँ। उक्त संस्था के कसरी सञ्चालन गरेका थिए, मलाई थाहा जानकारी भएन।
सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ?
सहकारी संस्था संचालन वाहेक अन्य मेरो पेशा वा व्यवसाय छैन। म राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय छु।
तपाईं सचिव रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा को को हुनुहुन्छ/हुनुहुन्थ्यो?
मलाई सचिव पदमा राखिएको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष ओमप्रकाश गुरुङ रहेछन् भन्ने कुराको जानकारी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहदा थाहा पाएको हुँ। अन्य को-को हुनुहुन्छ मलाई थाहा जानकारी भएन।
हाल उक्त संस्था संचालनमा छ/छैन? उक्त संस्था समस्यामा पर्नुको कारण के हो?
हाल उक्त संस्था संचालनमा छैन। उक्त संस्थामा मेरो सहमति विना नै मलाई सचिव पदमा राखिएको र मैले थाहा जानकारी पाए लगत्तै राजीनामा दिएको थिए। त्यसैले संस्थामा समस्या पर्नुको कारण सम्बन्धमा मलाई थाहा जनकारी भएन।
सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को को हुनुहुन्छ हुनुहुन्थ्यो?
मेरो परिवार वा नातागोताका व्यक्ति कोही पनि थिएनन्/छैनन्।
अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईं सचिव रहेको सहकारीको संचालक समितिमा पनि छन् वा छैनन् थिए वा थिएनन्? यदि थिए भने उक्त कुरा कानूनसम्मत् हो, होइन?
यसबारे मलाई जानकारी छैन।
संचालकहरू कर्मचारी पनि रहेका छन् या छैनन्? व्यवस्थापक वा कर्मचारी छनोट गर्दा के- कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/ थियो?
मलाई जानकारी छैन।
सहकारी संस्थाका सदस्य आहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/थियो वा थिएन?
यस विषयमा मलाई जानकारी भएन।
शेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो?
यस विषयमा मलाई जानकारी भएन।
सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुन स्वरूपमा छ?
यस विषयमा मलाई जानकारी भएन।
अन्तरसहकारी कारोबार गर्नु भएको छ? छ भने कुन-कुन संस्थासँग?
यस विषयमा मलाई जानकारी भएन।
तपाईं सचिव रहेको सहकारी संस्थाको वित्तीय विशेषणमा तपाईले मिति २०७३ कात्तिक ९ मा नगदै तीन लाख रुपैयाँ बुझिलिएको भौचर देखिएको छ। उक्त रकम के कुन प्रयोजनका लागि लिनुभएको थियो? सहकारी संस्थाबाट त्यसरी नगदै रकम बुझिलिन पाइन्छ?
उक्त विश्लेषणमा खुलेको तीन लाख रकम मैले लिएको होइन। उक्त भौचरमा दिपेश पुन भनी नाम उल्लेख गरिएको छ तर मेरो नाम दिपेशकुमार पुन हो र भौचरमा गरिएको हस्ताक्षर पनि मेरो होइन र संलग्न गरिएको कागजातहरूमा मेरो नागरिकता पनि थिएन।
२०७९ मंसीर २४ मा भएको सहकारीको साधारणसभामा तपाई उपस्थित हुनुहुन्थ्यो, हुनु हुन्थेन?
२०७९ मंसीरमा भएको साधारणसभामा म उपस्थित थिइन।
गितेन्द्रबाबु राईसँग तपाईको के-कसरी चिनजान भई व्यावसायिक साझेदारी कहिलेबाट कुन-कुन व्यवसायमा गर्नु भएको छरु
गितेन्द्रबाबु राईसँग आदिवासी जनजाति सम्बन्धी कार्यक्रममा भेट भएको थियो। निज र निजको परिवार र निजको कम्पनी कुनैमा पनि मेरो व्यावसायिक साझेदारी र संलग्नता छैन। पारिवारीक सम्बन्ध रहेको भन्ने विषय सत्य होइन। म राजनीतिक मान्छे पोखराको महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङ पनि राजनीतिक मान्छे, म विद्यार्थी र उहा युवाको जिम्मेवारी थियो। त्यहाँ जाने क्रमा गितेन्द्रबाबु राई र शिवबहादुर गुरुङसँग भेट भएको थियो र एकपटक हामी हेलिकोप्टरमा पोखराबाट काठमाडौ सँगै आएका पनि थियो।
तपाईंको सहकारी संस्थाले बचतकर्ताको बचत सङ्गलन गरी मितेन्द्रबाबु राई समेतले सञ्चालन गरेका विभिन्न कम्पनीहरूमा सोझै र व्यक्तिको नाममा ऋण खडा गरी त्यस्ता कम्पनीहरूमा ऋण प्रवाह गरेको देखिन्छ। के कुन कम्पनीमा के-कति ऋण प्रवाह गर्नु भएको छ?
यसबारे मलाई जानकारी भएन।
भूपेन्द्र बाबु राईको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ ब्यांकमा भएको खातामा मिति २०७३ भदौ ११ मा एक करोड, गोरखा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आइएमई ब्यांकमा भएको खातामा २०७८ वैशाख ५ मा एक करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८ असार ४ मा एक करोड गरी जम्मा तीन करोड ३० लाख रुपैयाँ जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो हो? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ?
यसवारे मलाई जानकारी भएन।
छविलाल जोशीको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आइएमई ब्यांकमा भएको खातामा २०७७ फागुन २९ मा दुई करोड ५० लाख जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो हो? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ?
यसबारे मलाई जानकारी भएन।
रवि लामिछानेको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आइएमई ब्यांकमा भएको खातामा मिति २०७७ चैत १८ मा दुई करोड रकम जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो के हो? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ? निज ऋणी पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभाको माननीय सदस्य रवि लामिछाने हो/होइन?
यस विषयमा मैले समाचारहरूमा सुनेको थिए तर के कसरी भएको हो मलाई जानकारी भएन।
विपिनकुमार आचार्यको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोवल आइएमई ब्यांकमा भएको खातामा मिति २०७८ पुस १२ मा एक करोड ५६ लाख १५ हजार रकम जम्मा भएको देखिन्छ, उक्त बेहोरा के कसो हो? यसरी व्यक्तिको नाममा ऋण खड़ा गरी कम्पनीमा रकम पठाउन मिल्छ?
विपिनकुमार आचार्य को हुन्, म चिन्दिन र यस विषयमा मलाई जानकारी छैन।
कुमार रम्तेलको नाममा एक करोड ९० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आइएमई ब्यांकमा भएको खातामा मिति २०७८ असार २२ मा एक करोड ३३ लाख ६ हजार जम्मा गरी बाँकी रकम पुरानो ऋणहरू कुमार रम्तेल १०५-५० मा ५९ लाख ९३ हजार ४२० रुपैयाँ, रवि लामिछाने १०५-२२४ मा सात लाख, छविवाल जोशी १०५-२११ मा १५ लाख ८० हजार जम्मा गरी उक्त ऋणहरू फस्यौट गरी निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिन्छ, यस्तो किन गरिएको हो? कुमार रम्तेललाई कूल पाँच करोड ५९ लाख बराबरको ऋण कायम गर्दा के कुन धितो लिनुभएको छ?
कुमार रम्तेल, जीबी राईको नेचर हर्ब्स नामको कम्पनीमा संलग्न रहेको भन्ने कुरा मैले सुनेको थिए तर माथि उल्लिखित ऋणको विषयमा मलाई जानकारी छैन।
भूपेन्द्र बाबु राईको नाममा २०७७ भदौ ११ गते, २०७८ वैशाख ५ गते र २०७८ असार ४ गतेमा खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिमा पठाइएको तीन करोड ३० लाख, २०७८ असार ३१ मा फस्यौट देखाई पुनः २०७८ भदौ १३ मा ५० लाख र २०७९ जेठ ४ मा ३० लाख गरी जम्मा ८० लाख पेश्की के कुन आधारमा के कुन प्रयोजनका लागि दिनुभएको हो?
यस विषयमा मलाई जानकारी छैन।
सहकारी सस्थाले आर्थिक वर्ष २०७८/७२ को आषाढ मसान्तसम्मका ऋणीहरूलाई कानून विपरीत सबै किसिमका ऋगहरूमा मात्र १ प्रतिशत नोक्सानी प्रावधान किन गरिएको हो?
यस विषयमा मलाई जानकारी छैन।
संस्थाले सो आर्थिक वर्षमा पुँजी कोषको १० प्रतिशत नबढाई प्रत्येक सदस्यताई कर्जा प्रदान गर्नुपर्ने व्यवस्था रहेकोमा सो मापदण्ड विपरीत अधिक लगानी किन गरिएको हो?
यस विषयमा मलाई जानकारी छैन।
सहकारी ऐन अनुसार कूल निक्षेपको १० प्रतिशत तरलता कायम राख्नु पर्नेमा मिति २०६० चैत १६ को तथ्याङ्ग अनुसार ०.२ प्रतिशत मात्र तरलता किन राखिएको हो?
म यस अवधिमा संस्थाबाट राजीनामा दिइसकेकोले यस विषयमा जानकारी भएन।
यस संस्थाले आफ्ना केही सदस्यलाई ऋण प्रवाह गर्दा विनाधितो जमानी आवश्यक कागजात समेत नजुटाई किन ऋण प्रवाह गरिएको हो?
यस विषयमा संस्थाका संरक्षक जीबी राई र कार्यकारी निर्देशक सागर केसीलाई जानकारी होला।
दिनेश रोकाको नाममा मिति २०७३ असार ९ मा दिएको ऋण रकम जम्मा तीन करोड २० लाख, हाल व्याज रकम सहित चार करोड ५७ लाख बराबरको रकम चेकमार्फत जीबी राईको स्ट्यान्डर्ड चार्टर्ड ब्यांकको खातामा दाखिला किन गरिएको हो?
यस विषयमा मलाई जानकारी छैन।
२०७४ चैत ९ मा लिएको ६० लाखको ऋण विशाल तामाङको नाममा पेश्की देखाई हिसाब मिलान गरी ऋण चुक्ता किन गरिएको हो?
यस विषयमा मलाई जानकारी छैन ।
समानता सहकारी (बाँके) लाई विभिन्न मितिमा नेपालगन्ज प्रोजेक्ट भनी पेश्की रकम किन दिनु भयो? मिति २०७७ असार ३१ मा दुई करोड ६० लाख बराबरको हिसाब केमा मिलान गर्नुभएको हो?
यस विषयमा मलाई जानकारी छैन।
संस्थाले सदस्यहरूलाई केको आधारमा शून्य प्रतिशत व्याजमा उच्चतम ऋण रकम प्रवाह गरेको हो? साथै शून्य प्रतिशत व्याजदर हुँदा हुँदै व्याज रकम केको आधारमा गणना गरिएको हो?
यस विषयमा मलाई जानकारी छैन।
संस्थाले विभिन्न सदस्यहरूलाई पेश्की रकम उपलब्ध गराएपश्चात् उल्लिखित अन्य संस्थाको नाममा किन ऋण कायम गरिएको हो?
यस विषयमा मलाई जानकारी छैन ।
सदस्यहरूलाई दिइएको कूल ऋण रकमको ७२ प्रतिशत जति ऋण रकम ठूला ऋणीहरूलाई दिएको छ, यो कानूनसम्मत छ कि छैन?
यस विषयमा मलाई जानकारी छैन।
एस. ओभरसिजलाई मिति २०७८ जेठ ३० मेगा ब्यांकको खातामा चेकमार्फत ५० लाख किन पेश्की दिइएको हो?
यस विषयमा मलाई जानकारी छैन।
मिति २०६० चैत १६ मा विभिन्न सहकारीवाट उठाउनु पर्ने जम्मा रकम नौ करोड १४ लाख बराबर देखिन्छ, उक्त रकम उठाउन कतिको पहल गर्नु भएको छ?
यस विषयमा मलाई जानकारी नभएको कारण मेरो तर्फबाट पहल हुने कुरै भएन।
संस्थाले के प्रयोजनको लागि दुई करोड ७३ लाख ८५ हजार बराबरको ऋण लिएको हो?
यस विषयमा मलाई जानकारी छैन।
संड्री साहु शीर्षकमा एक करोड बरावरको रकम कसलाई र केवापत तिर्नुपर्ने हो?
यस विषयमा मलाई जानकारी छैन।
बचतकर्तालाई कर कट्टा गरी ब्याज दिने तर कट्टा गरेको कर रकम जम्मा ६३ लाख १६ हजार १९८ रुपैयाँ सरकारलाई किन नतिरेको?
यस विषयमा मलाई जानकारी छैन ।
सहकारी ऐन अनुसार निक्षेप तथा बचत र प्राथमिक पुँजीकोषको अनुपात १५ गुणा हुनु पर्नेमा संस्थाले मिति २०८० चैत १६ को तथ्याङ्कअनुसार नियम विपरीत २४.७५ गुणा किन राखियो?
यस विषयमा मलाई जानकारी छैन।
विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ?
यस सहकारीको समस्या समाधानको निम्ति व्यक्तिगत रूपमा मैले सकेसम्म पहल गर्नेछु। बजारमा भएको ऋण लागनी उठाउनका लागि सरकारको तर्फबाट सहयोग भए समस्या समाधान सहज हुन्छ। सहकारीमा समस्या आउनुमा नियमन निकायको पनि भूमिका छ। सरकारको तर्फबाट उक्त नियमन निकायलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ।
तपाई पूर्व सचिव रहेको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाको समस्या समाधान गर्न तपाईं, तपाईंको परिवार, सरकार, कर्जा लिएको ब्यांकले के-के गर्नु पर्ला?
सरकारको तर्फबाट वर्तमान संचालकहरूलाई तीनदेखि पाँच वर्षको समयवधि दिएर बचतकर्ताहरूसँग समन्वय गरेर ऋणीहरूबाट ऋण रकम उठाउन कार्यालय सञ्चालन गर्ने वातावरण दिएमा समस्या समाधान हुने देख्दछु। समस्या भएका सहकारी सञ्चालकले समस्या समाधान गर्ने विश्वास लागेमा ब्यांकले सस्तोमा निश्चित समयको लागि ऋण दिन सरकारले सहजीरण गर्नु पर्ने देखिन्छ।
अहिले देखिएको सहकारीका बचतकर्ताहरूको बचत रकम दुरुपयोग र अपचलनसँग सम्बन्धित कसूरलाई कसरी हेर्नु भएको छ? एउटै व्यक्तिबाट देशभरका विभिन्न सहरमा बचतकर्ता पीडित हुनु पर्ने विषयलाई कसरी कनूनको दायरामा ल्याउन सकिएला?
सरसरी हेर्दा यो कसूर ठगी वा सहकारी ठगी जस्तो देखिन्छ। तर प्राभावको व्यापकता र आकार हेर्दा यो विशिष्ट प्रकृतिको देखिन्छ। एकै व्यक्तिको निर्देशनमा खास गरी व्यवस्थापकहरू मार्फत रकमको दुरुपयोग भएको देखिँदा अलि संगठित प्रकृतिको देखिन्छ। त्यसैले पीडित समस्याग्रस्त सहकारीका प्रतिनिधि समेत भई राज्यको निगरानीमा राखी व्यवस्थापन गर्न दिनु उपयुक्त हुन्छ।
अन्त्यमा, तपाईको थप भन्नु केही छ?
यस संस्थामा गितेन्द्रबाबु राईको निर्देशनमा कार्यकारी निर्देशक सागर केसीले सहकारीको सम्पूर्ण कार्य गरेको देखिन्छ। अन्य पूर्व सञ्चालकहरू, वर्तमान सञ्चालकहरू र कर्मचारीहरूको संस्था समस्यामा पर्नुमा महत्वपूर्ण भूमिका छैन। गितेन्द्रबाबु राईको सरक्षणमा रहेको कुनै पनि सहकारीका व्यवस्थापकहरू कानूनको दायरामा आएको नदेखिनु र निज जीबी राईका परिवारका सदस्यहरू पनि कानूनी रूपमा सुरक्षित भएकोले पनि यस संस्था समस्यामा पर्नुमा निजहरूको मुख्य भूमिका रहेको देखिन्छ। तसर्थ, गितेन्द्रबाबु राई र कार्यकारी निर्देशक सागर केसीलाई सम्बन्धित निकायमा उपस्थित गराएमा संस्थाको यथार्थ स्थिति थाहा हुन्छ।
संस्थामा मेरो जानकारीविना मलाई सञ्चालक समितिको सचिव पदमा राखिएको थियो। मेरो जानकारीमा आउनासाथ उक्त संस्थामा कानूनी र आर्थिक दायित्व नहुने गरी मेले राजीनामा दिएको थिए। उक्त राजीमाना साधारणसभाले अनुमोदन गरी सहकारी विभागमा जानकारी समेत दिइसकेको र नयाँ सञ्चालकले दायित्व लिइसकेको अवस्थामा संस्था समस्मा पर्नुमा मेरो कुनै भूमिका छैन।
यो पनि पढ्नुहोस् :