सहकारी छानबिन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)
संसदीय छानबिन विशेष समितिले तयार गरेको सहकारी छानबिन प्रतिवेदन सार्वजनिक भएको छ।
प्रतिनिधि सभाले छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो। छानबिन समितिले भदौ ३१ मा छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेको थियो। त्यही दिन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका थिए।
मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको छ।
यो प्रतिवेदन गृह मन्त्रालयमा पठाएसँगै प्रतिनिधि सभाले पनि सार्वजनिक गरेको हो। सांसद सूर्य थापाको नेतृत्वमा गठन भएको विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिश गरेको छ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेर अपचलन गरेको छानबिन समितिको ठहर छ। प्रतिवेदनमा लामिछाने प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट करीब ८५ करोड रुपैयाँ ऋण गोरखा मिडिया नेटवर्कको नाममा आएको भेटिएको उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने २०७७ चैत २५ देखि २०७९ असारसम्म गोरखा मिडिया नेटवर्कका शेयरधनी थिए।
सहकारी छानबिन प्रतिवेदन :
यो पनि पढ्नुहोस् : कारबाहीको ढोका खुला, रविको राजनीति दाउमा