बेला विटा पर्फ्युम नेपाली बजारमा
संसारभर प्रख्यात पर्फ्युम ब्रान्ड बेला विटा नेपाली बजारमा आएको छ।
भारतीय बजारमा एकछत्र राज गरेको बेला विटा अबदेखि नेपाली बजारमा पनि पाइने भएको हो। कन्जुमर एक्सेस प्रालिले यसलाई नेपाल भित्र्याएको छ।
कन्जुमर एक्सेसको देशभर पाँच हजार स्टोरसँग नेटवर्क रहेको छ। सबै स्टोरा बेला विटा उपलब्ध हुने जनाइएको छ।
त्यस्तै, भाटभटेनी सुपर मार्केटमा पनि उपलब्ध छ। देशैभरका भाटभटेनीमा खरीद गर्न सकिने कम्पनीले जनाएको छ।
यससँगै अनलाइन बजार दराज र जीभीमा पनि यो पर्फ्युम किन्न सकिनेछ।
यो भारतमा एक नम्बर पर्फ्युमा रहेको छ। त्यस्तै, अमेरिकामा पनि उत्कृष्ट पर्फ्युमा पर्दै आएको छ।