पन्च ईभीको कोशीबाट रिजनल लन्च
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभीको रिजनल लन्च कोशी प्रदेशबाट शुरू गरेको छ।
बिर्तामोडस्थित अलास्का अटोमोबाइल र विराटनगरस्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च ईभीको लन्च गरिएको छ। यसअघि गाडी बूक गरेका ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिसँगै मोरङ उद्योग वाणिज्य संघका सदस्यको सहभागिता थियो।
पूर्वको बाटो र माटोसुहाउँदो गाडी भएकाले पूर्वका ग्राहकलाई गाडी हस्तान्तरण गर्न पाउँदा उत्साहित भएको अलास्का अटोमोबाइलका सञ्चालक प्रकाश सिवाकोटीले बताए। यसपछि टाटा पन्च ईभीको रिजनल लन्च मधेश प्रदेशमा हुने कम्पनीले जनाएको छ।
टाटा पन्च ईभीको शुरूआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ।