नाडाको मेलामा चिनियाँ विद्युतीय गाडीको दबदबा
काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको गाडीहरूको प्रदर्शनीमा चिनियाँ विद्युतीय गाडीको दबदबा देखिएको छ।
नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा ९५ कम्पनीका १३० स्टल छन्। जहाँ २४ कम्पनीका चारपाङ्ग्रे, १९ कम्पनीका दुईपाङ्ग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका स्टल राखिएका छन्।
प्रदर्शनीमा अधिकांश विद्युतीय गाडी छन्। धेरैजसो चिनियाँ मोडलका गाडी छन्। भदौ ११ गतेदेखि शुरू भएको मेला भदौ १६ गतेसम्म चल्नेछ।
रिपोर्ट : शमशाद अहमद
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव