एकीकृत समाजवादीका १७ पदाधिकारी निर्वाचित (सूची)
नेकपा (एकीकृत समाजवादी)का १७ पदाधिकारी निर्वाचित भएका छन्।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन्। उनी मंगलबार नै निर्विरोध निर्वाचित भएका हुन्।
बुधबार बिहान सम्पन्न मतगणनामा बाँकी पदाधिकारी निर्वाचित भएका हुन्। एकीकृत समाजवादीका १७ पदाधिकारीका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए।
त्यस्तै, उपाध्यक्षमा जयन्ती राई, धर्मनाथ शाह, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र भानुभक्त जोशी निर्वाचित भएका छन्। राई र शाह पूर्व उपाध्यक्ष हुन् भने ज्वाला, खतिवडा र तुलाधर पूर्व उपमहासचिव हुन्।
यसैगरी, उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई निर्वाचित भएका छन्। शाह र राई पूर्व सचिव हुन्।
एकीकृत समाजवादीको सचिवमा सात जना निर्वाचित भएका छन्। समावेशी सचिवमा बलदेव चौधरी र गणेश विक निर्वाचित भएका छन्। खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा भुसाल र श्रीनाथ बराल सचिव बनेका छन्।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल यसअघि नै सर्वसम्मत चयन भएका थिए।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा सम्पन्न दशौं महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको थियो। पदाधिकारीका लागि मंगलबार मतदान भएको हो।
पदाधिकारीको सूची :
वरिष्ठ उपाध्यक्ष :
१) राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्षहरु :
१) जयन्ती राई (पूर्व उपाध्यक्ष)
२) धर्मनाथ शाह (पूर्व उपाध्यक्ष)
३) प्रकाश ज्वाला (पूर्व उपमहासचिव)
४) जगन्नाथ खतिवडा (पूर्व उपमहासचिव)
५) गंगालाल तुलाधर (पूर्व उपमहासचिव)
६) भानुभक्त जोशी
उपमहासचिव :
१) गरिमा शाह (पूर्व सचिव)
२) राजेन्द्र राई (पूर्व सचिव)
३) मेटमणि चौधरी
४) रामकुमार भट्टराई
समावेशी सचिव :
१) बलदेव चौधरी
२) गणेश विक
खुला सचिव :
३) शेरबहादुर कुँवर
४) चन्द्रबहादुर शाही
५) सोमप्रसाद पाण्डे
६) सावित्रा भुसाल
७) श्रीनाथ बराल