शेयर बजारमा उच्च अंकको गिरावट
साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।
शेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले घटेर दुई हजार ८९४.५७ को बिन्दुमा झरेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ। सेन्सेटिभ परिसूचक २.६८ अंकले घटेको छ।
यसैगरी, शेयर बजारमा १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ। विभिन्न ३३३ कम्पनीका चार करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर दुई लाख १८ हजार ५७८ पटक खरीदबिक्री भएका छन्।
लघुवित्त समूह १.०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूह ३.८३, ब्यांकिङ ३.३१, वित्त ३.५० र अन्य समूह ३.५५ प्रतिशतले बढेको छ।
विकास ब्यांक २.४४, होटल तथा पर्यटन २.३८, जलविद्युत् ३.०४, जीवन बीमा २.५०, उत्पादन तथा प्रशोधन १.९८, म्युचुअल फन्ड १.५९, निर्जीवन बीमा २.३२ र व्यापार समूह १.७६ प्रतिशतले घटेको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै ८४ करोड ६८ लाख १७ हजार बराबरको २२ लाख ७८ हजार ७८७ कित्ता शेयर किनबेच भएका छन्।