पोखराबाट काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दीमा दुर्घटना
पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको छ।
भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले बताए। आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको डीएसपी रायले बताए।
उनका अनुसार बसमा भारतीय यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौंतर्फ जाँदै थियो। बसमा ४० यात्रु रहेको अनुमान गरिएको छ।