सौरहामा पन्च ईभीको टेस्ट ड्राइभ
चितवनको सौरहामा टाटा मोटर्सको पन्च ईभीको टेस्ट ड्राइभ चलिरहेको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभरका डिलरलाई पन्च ईभीको टेस्ट ड्राइभ गराएको हो। टेस्ट ड्राइभमा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टीम, टाटा मोटर्स भारतका प्रतिनिधि र सर्भिस टीम सहभागी छन्।
नाडा अटो शोमा लन्च गर्न लागिएको पन्च ईभी भारतमा अत्यधिक रुचाइएको गाडी हो। पन्च ईभीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प-ओभर एंगल्स लगायत विशेषता छन्।
यससँगै ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रन्टमा १४ लिटरको थप स्पेस छ।