हजयात्रीको बाँकी रकम फिर्ता हुने
साउदी अरबको मक्का मदिनामा हज गरेर फर्केका यात्रीहरूको लागत बाहेकको रकम फिर्ता हुने भएको छ।
नेपाल हज समितिले मंगलबार सूचना गरी गरेर प्रत्येक यात्रीको २३ हजार ४०७ रुपैयाँ फिर्ता हुने जनाएको हो।
समितिले हजयात्रीबाट जनही चार लाख १५ हजार रुपयाँ संकलन गरेको थियो। त्यसमध्ये तीन लाख ९१ हजार ५९३ रुपैयाँ मात्र खर्च भएकाले बाँकी रकम फिर्ता गर्न लागेको समितिले जनाएको छ।
एक महीनाभित्र कागजात संकलन गरेपछि रकम फिर्ता हुने समितिले जानकारी दिएको छ।
सन् २०२४ मा नेपालबाट ७५३ जना हजयात्रामा गएका थिए।