टाटाको विंगर अफर सार्वजनिक
नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा विंगरको धमाकेदार अफर’ सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत २० प्रतिशत डाउनपेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्म फाइनान्स सुविधामा विंगर खरीद गर्न सकिनेछ। मासिक ६० हजार रुपैयाँको किस्ताबन्दी सुविधा रहेको कम्पनीले जनाएको छ।
टाटा मोटर्सले हालै पुनः सार्वजनिक गरेको टाटा विंगरको नयाँ मोडेल छोटो तथा लामो दूरीका लागि किफायती र आरामदायी रहेको सिप्रदीका प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले बताए। बीएस-६ प्रविधि भएको यस गाडीमा १०० हर्सपावरका साथै २०० न्यूटन मिटरको टर्क छ।