नेपालको आरक्षण, बाङ्लादेशको कोटा
बाङ्लादेशको कोटा र नेपालको आरक्षण नीतिमा निकै भिन्नता छ। के हुन् ती कारण र के हुन् कोटा र आरक्षणबीच फरक?
कोटा प्रणालीको विरोधबाट उठेको बाङ्लादेशको असन्तुष्टिले त्यहाँको शासकलाई देश छाड्न बाध्य पारेपछि नेपालमा बहस गर्नेहरू पनि भेटिए, ‘आरक्षणका कारण प्रधानमन्त्री शेख हसिनालाई गद्दी छाड्नुपर्यो।’ बाङ्लादेशको कोटा र नेपालको आरक्षण नीतिमा निकै भिन्नता छ। के हुन् ती भिन्नता? के छ कोटा र आरक्षणबीच फरक? आउनुस्, पिंकी श्रीस रानाको यो एक्सप्लेनरबाट बुझ्ने प्रयत्न गरौं।