‘यो कोटिहोम शास्त्रसम्मत छैन’
पशुपतिमा जारी एक महीने कोटिहोम शुरूदेखि नै विवादित बन्यो। २०७९ कात्तिकमा ठगीको आरोपमा पक्राउ परेका स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीका कारण मात्र नभई माताहरूका विवादास्पद प्रवचनका कारण पनि यो धार्मिक अनुष्ठान विवादरहित हुन सकेन।
शास्त्र बमोजिम नभएको भन्दै कतिपय धर्मगुरु र पण्डितहरू नै कोटिहोमको विरोधमा देखिए। तीमध्ये एक हुन्, नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा. रामचन्द्र गौतम। उनी भन्छन्, “पैसा मात्र उठाउन गरिएको यो कोटिहोम शास्त्रसम्मत छैन।”